सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा परि तीन जनाको मृत्यु, २० जना घाइते

। फोटो स्रोत ।
२०७६ भदौ १८, ०४:४७ खबर संवाददाता

स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। बुधबार पाल्पाको हुँगीबाट स्याङ्जाको गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना हुंदा दुई वर्षीया बालिका कञ्चन परियारको मृत्यु भएको छ भने दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीपमा २३ यात्रु सवार थिए। घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको हो। क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस