सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठेकदारको कुटाइबाट मजदुरको मृत्यु

२०७६ भदौ १८, ०२:२६ खबर संवाददाता

ठेकेदारको कुटपिटबाट एक जना मजदुरको मृत्यु भएको छ। काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपनमा मंगलबार राति निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा  कुटपिट गर्दा मजदुर सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए। कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ। कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल राखिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस