सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाले भत्कियो निर्माणधिन ग्रिनहिल सिटी हाउजिङको घर

। फोटो स्रोत ।
२०७६ भदौ १८, ०२:०८ खबर संवाददाता

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो। घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ। हाउजिङका एक कर्मचारीले भने, ‘हामी अध्ययन गरिरहेका छौं।’ कागेश्वरी मनोहरा–६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स–साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए।

 

कमेन्ट लोड गर्नुस