सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईयुका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने

२०७६ भदौ १८, ०२:०३ खबर संवाददाता

नेपालका प्रदेश र स्थानीय तहको क्षमता बढाउने र सार्वजनिक सेवामा सुधार  ल्याउन युरोपीयन यूनियनका तीन देशले नेपाललाई ११ अर्ब रुपैयाँ अनुदान दिने भएका छन्। सिंहदरबारमा बुधबार अर्थसचिव राजन खनाल र विभिन्न देशका प्रतिनिधिले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार स्वीजरल्याण्ड, नर्वे र बेलायतले संयुक्त रुपमा १ सय मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब ५३ करोड रुपैयाँ २०७६÷७७ अर्थात चालु आर्थिक वर्षदेखि ४ आर्थिक वर्ष्भित्रमा नेपाललाई उपलब्ध गराउनेछ। अनुदानको रकमले दीगो विकास, नागरिकप्रतिको उत्तरदायित्व र क्षमता वृद्धि तथा ३ तहबीच देखिएको खाल्डो पुरिने विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस