सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीजकै दिन खुर्पा प्रहार गरि ब्रत बसेकी श्रीमतीको हत्या

२०७६ भदौ १८, ०९:४२ खबर संवाददाता

रुकुममा तीजकै दिन खुर्पा प्रहार गरि एक जनाले ब्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। जिल्लाको मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकीको खुर्पा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।

अत्याधिक मदिरा सेवन गरेका नवीनले सोमबार राति श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका खड्का घर नजिकैको जंगल भेटिएका छन्। उनको साथबाट प्रहरीले खुर्पा बरामद गरेको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ। आरोपी श्रीमानलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस