सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री सिंगापुरबाट दोस्रो पटक भिडियो कन्फरेन्समा

२०७६ भदौ १७, ०२:३५ खबर संवाददाता

सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद्का सदस्यहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँग विशेष एजेण्डामा कुराकानी नभएपनि आ–आफ्नो मन्त्रालयमा भएका काम कारवाही बारे मन्त्रीहरुले जानकारी गराएको बताईएको छ। भिडियो कन्फरेन्समा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेको एक मन्त्रीले उल्लेख गरेका छन्। 
  
 

कमेन्ट लोड गर्नुस