सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

२०७६ भदौ १७, १०:१० खबर संवाददाता

बर्षाका कारण अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग संचालनमा आएको छ। शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग सोमबार बेलुकाबाट सञ्चालनमा आएको हो। राजमार्गको कचाली खोला नजीकै र जाल्या बगरमा माथि बाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।

जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायको पहलमा राजमार्ग सञ्चालनमा आएको हो। पहिरोका कारण बन्द भएका लामो तथा छोटो दुरीका सवारीका साधनहरु समेत सञ्चालनमा आएका छन्। 

 

कमेन्ट लोड गर्नुस