सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा परेको निवेदन खारेज

२०७६ भदौ १६, ०३:२३ खबर संवाददाता

अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने, उनले कार्यक्रम सञ्चालन गर्ने न्यूज २४ टेलिभिजन र निर्मला घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध परेको निवेदन खारेज गरिएको छ।

मुद्दा विचारधीन रहेको अवस्थामा सार्वजनिक रुपमा बोलेको र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाई खड्गसिंह विष्टले रवि, न्यूज २४ र जिसीविरुद्ध निवेदन दायर गरेका थिए। उनले दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले खारेज गरेका थिए तर निवेदन दर्ता भएको थियो।

आज सोही निवेदन सुनुवाइ गर्दै जिल्ला अदालतका कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय सदर गर्दै खारेज गरेको हो। बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीको सिधा कुरा जनतासंग कार्यक्रममा मुद्धा चलिरहेकी अवस्थामा अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता गरिएको थियो। 

सिधा कुरा जनतासंक कार्यक्रममा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा सत प्रतिशत दोषी दिलिप विष्ट नै भएको ठोकुवा गरेका थिए।
सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारीले पनि प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।
 

कमेन्ट लोड गर्नुस