सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाखा अधिकृत र नासु घुससहित पक्राउ

२०७६ भदौ १६, १२:३७ खबर संवाददाता

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौँका शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. पक्राउ परेका छन्। 

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अस्थायी शिक्षकबाट राजीनामा दिए पश्चात् गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग पन्ध्र हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले दुबैलाई पक्राउ गरेको हो।

दुबैजनालाई घुस रकम सहित नासु के.सी.को कार्यकक्षबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस