सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोरिअन समुद्री आँधी : अमेरिकाको ४ राज्यमा आपतकाल घोषणा

२०७६ भदौ १६, १२:२० खबर संवाददाता

आधुनिक समयकै सबैभन्दा शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी उत्तर पश्चिमी बहमासमा पुगेको छ। प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो। आँधीले बहमासको अबाको द्वीपमा पनि आतंक मच्चाएको छ। आँधीका कारण भूस्खलन हुँदा कैँयौ घरमा क्षति पुगेको छ।

बहमासको पर्यटन मन्त्रालयका महानिर्देशकले भने, ‘डोरेन आँधीका कारण अहिलेसम्म कसैको ज्यान गएको खबर प्राप्त भएको छैन। यद्यपि आँधीका कारण बहमासमा २९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधीसँगै भूस्खलन भएको छ। अब यो आँधीले फ्लोरिडामा आतंक मच्चाउन सक्छ, यसर्थ पहिले नै ‘अलर्ट’ गरिएको छ।’

अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। आँधीका कारण कतिपय ठाउँमा बत्ति छैन भने कतिपय ठाउँमा इन्टरनेट सेवा पनि सुस्त छ। चक्रवाती आँधी डोरन द्रूत गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आँधीलाई मध्यनजर गर्दै आफ्नो पोल्याण्ड भ्रमण पनि रद्द गरेका छन्।
 

कमेन्ट लोड गर्नुस