सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहार सरकारले लगायो पान मसलामा प्रतिबन्ध

२०७६ भदौ १४, ०४:५० खबर संवाददाता

बिहार सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो। बिहारमा हर किसिमका पान मसलामाथि राज्य सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको हो। नीतीश कुमारको सरकारले पान मसलामा १२ महिनाको लागि प्रतिबन्ध लगाएको हो। 

शुक्रबार बसेको स्वास्थ्य विभागको उच्चस्तरीय बैठकपछि यो निर्णय लिइएको हो। यसअनुरुप अब बिहारमा पान मसलाको बिक्री, उत्पादन, भण्डारण, सेवन र ओसारपसारलाई अवैध मानिनेछ।  बिहारका विभिन्न जिल्लामा प्राप्त पान मसलाको नमुना परीक्षणका क्रममा म्याग्नेसियम कार्बाेनेटको मात्रा पाइएपछि प्रतिबन्ध लगाइएको हो।

म्याग्नेसियम कार्बोनेटबाट मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ। बिहार सरकारले तीन वर्षअघि रक्सी पूर्ण रुपमा प्रतिबन्ध गरेको थियो भने अहिले आएर पान मसलामा पनि प्रतिबन्ध लगाएको हो। 
 

कमेन्ट लोड गर्नुस