सुदूर नेपाललाई विश्वसँग जोड्दै

रासायनिक कारखानामा सिलिण्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, ५८ जना घाइते

२०७६ भदौ १४, ०४:२८ खबर संवाददाता

भारतको महाराष्ट्रस्थित  धुले जिल्लामा एक रासायनिक कारखानामा सिलिण्डर विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ, भने ५८ जना घाइते भएका छन्। घाइते मध्ये ९ जनाको अवस्था रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार सो घटना शनिबार बिहान ९ बजेर ४५ मिनेटमा भएको हो। विस्फोटको समयमा रासायनिक कारखाना उद्योगमा कम्तीमा सय जना मजदुरहरु काम गरिरहेका थिए। 

पाँच ओटा दमकल घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्छ। विस्फोट भएको रासायनिक कारखाना धुले जिल्लाको शिरपुर तालुकाको वघाडी गाउँमा छ। विस्फोटको आवाज निकै टाढासम्म पनि सुनिएको थियो। विस्फोटका कारण नजिकै खेतमा काम गरिरहेका मजदूरहरु पनि घाइते भएको बताइएको छ। 

जानकारीका अनुसार विस्फोट भएको रासायनिक कारखानामा रहेका ६ ओटा बोइलरमध्ये ४ ओटा बोइलर फटिसकेको छ। रासायनिक कारखानामा बोइलरको निरन्तर विस्फोटका कारण आगलागी नियन्त्रण गर्न गाह्रो भैरहेको अधिकारीहरुले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस