सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज इंग्लिस प्रिमियर लिगका ८ खेल हुँदै

२०७६ भदौ १४, ०२:३९ खबर संवाददाता

इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन्। नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ। म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा पराजय र एउटामा हार बेहोरेको छ । साउथह्याम्टनले भने दुई खेलमा हार र एउटामा जित निकालेको छ। यी दुईको खेल साउथह्याम्टनको मैदानमा हुनेछ।

साँझ पौने आठ बजे ६ ओटा खेल हुँदैछन्। चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा शेफिल्ड युनाइटेडसँग खेल्दैछ भने क्रिष्टल प्यालेसले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ। यस्तै लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ र म्यान्चेष्टर सिटीले ब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ। न्युकासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेडले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दा राति सवा १० बजे लिभरपुलले बर्नले एफसीको मैदानमा खेल्दैछ।
 

कमेन्ट लोड गर्नुस