सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतको जंगलमा मरेका गाईगोरुको संख्या ३४ पुग्यो, १ सय ४४ वटा नेपालगञ्ज फिर्ता

। फोटो स्रोत ।
२०७६ भदौ १४, ०२:३६ खबर संवाददाता

सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको  छ। नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु (चौपाया) दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए। यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन्। 

शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए। गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए। उनले भने, ‘जंगलमा मरेका भेटिएका छन्। केहीलाई नेपालगञ्ज पठाइसकिएको छ। मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो। हामीले चालकसहित ट्रकहरुलाई नियन्त्रणमा लिएर कसरी गाईगोरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ।’

नेपालगञ्जबाट दैलेखको श्रीस्थानमा पाल्नको लागि भन्दै २ सय ९१ वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो। तर बीच बाटोमै गाई अलपत्र छोडेर हत्या गरेको भन्दै चौतर्फी आलोजना भइरहेको छ। जंगलमा ल्याएर गौ हत्या गरेको भन्दै शनिबार वीरेन्द्रनगरमा दोषीलाई कार्वाहीको माग गर्दै विरोध कार्यक्रमको आयोजना समेत गरिएको छ।
 

कमेन्ट लोड गर्नुस