सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको असम राज्यका १९ लाख बढी नागरिकले आफू भारतीय भएको पुष्टि गर्नुपर्ने

। फोटो स्रोत ।
२०७६ भदौ १४, ०१:३० खबर संवाददाता

भारतको असममा रहेका १९ लाखभन्दा धेरै नागरिकले आफू भारतीय रहेको पुष्टि गर्नुपर्ने भएको छ। नेशनल सिटिजन रजिष्टर (एनआरसी) शनिबार प्रकाशित गरेको अन्तिम नामावलीमा १९ लाख ६ हजार ६ सय ५७ जनाको नाम छुटेपछि उनीहरुले आफू भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने भएको हो।

अन्तिम नामावलीमा रहेका ३ करोड ११ लाख २१ हजार ४ जनामध्ये १९ लाख ६ हजार ६ सय ५७ जनाको आवश्यकता कागजात नभएपछि उनीहरुको नाम हटाइएको एनआरसीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।असमका मुख्यमन्त्री सर्बानन्द सोनोवालले अन्तिम नामावलीमा नाम नपरेकाहरुलाई नागरिकता प्रमाणित गर्न थप मौका दिने बताए।

उनीहरुलाई ६० दिन बढाएर १ सय २० दिनभित्र वैदेशिक ट्राइब्यूनल अपिल गर्ने समय थपिएको मुख्यमन्त्री सोनोवालले जनाए। अन्तिम नामावलीमा लाखौं व्यक्ति छुटेपछि आन्दोलन हुन सक्ने भन्दै असममा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। केही ठाउँलाई संवेदनशिल घोषणा गरिएको छ।

असममा अवैध रुपमा बसेका नागरिक पहिचान गर्न भारत सरकारले असमबासीसँग आफू भारतीय भएको पुष्टि हुने कागजात मागेको थियो।   
 

कमेन्ट लोड गर्नुस