सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी यू–१९ एसिया कप तयारी :नेपाली टोली ८९ रनले पराजित

२०७६ भदौ १३, ०८:४२ खबर संवाददाता

एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टिम चिलाउ म्यारियन्स क्रिकेट क्लबसँग ८९ रनले पराजित भएको छ। घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा १ सय ३५ रन बनाएर अलआउट भयो। नेपालका लागि आशिफ शेखले सर्वा्धिक ४५ रन जोडे भने अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन। 

भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरि चौहान र रोहित कुमार पौडेलले समान ४र४ रन बनाए। सन्दिप जोरा र राशिद खानले भने खाता पनि खोल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिलाउ म्यारियन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो। मध्यम सुरुवात गरेको म्यारियन्सले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको थियो। पहिलो विकेटका रुपमा धनुषलाई २६ रनमा गुमाएपछि दोस्रो विकेटका लागि म्यारियन्सले ४४ रनको साझेदारी गर्न सफल भयो।

बलिङमा नेपालका लागि पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले दुईरदुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले समान एकरएक विकेट हात पारे।
 

कमेन्ट लोड गर्नुस