सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक विभाग अगाडि कांग्रेस सांसद गगन थापाको धर्ना

२०७६ भदौ १३, ०४:२३ खबर संवाददाता

नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन्। काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का सांसद र स्थानीय सहित थापाले ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्।

 आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं कपन र चाबहिलको सडकको ठेक्का अवधि पूरा हुँदा समेत निर्माण नभएको भन्दै थापा धर्नामा जुटेका हुन्। थापाले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्ने सैलुङ कन्सट्रक्नसलाई फेरी खानेपानीको काम दिइएकोमा आपत्ती समेत जनाए। 

सैलुङ कन्सट्रक्सन प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हो। उनले चाबहिल सडकमा अवरोध गर्नुपर्ने आफ्ना स्थानीय जनताको माग भएपनि आफूले सडक विभागमा धर्ना दिएर सांकेतिक विरोध सुरु गरेको बताए। उनले अबको धर्ना सिंहदरबारमा भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा गर्ने चेतावनी समेत दिए। थापाले सैलुङ कन्सट्रक्सनले त्रिपुरेश्वर र नगरकोट जाने सडक समेत अलपत्र छोडेको बताए। 
 

कमेन्ट लोड गर्नुस