सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन सय गाई भीरबाट खसालियो, २२ मरे अरू घाइते

२०७६ भदौ १३, ०१:०७

नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै  तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। तीमध्ये २३ गाई मृत अवस्थामा छन्। 

प्रहरीका अनुसार मृत गाई भेटिएको ठाउँमा एक सय ५० वटा जिवित गाई पनि भेटिएका छन्। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरा गरी नेपालगन्जबाट ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए।

उनका अनुसार ८ वटा ट्रकमा गाई ल्याइएका थिए। तीमध्ये ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएकाे छ। कटकुवा क्षेत्रमा मृत्यु भएका बाहेक कम्तीमा १ सय ५० गाई रहेका डीआइजी जोशीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस