सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी फुटसल लिगः सिद्धार्थ वैंक दोस्रो चरणमा

२०७६ भदौ १२, ०६:१० खबर संवाददाता

सिद्धार्थ वैंक धनगढी फुटसल लिगको अघिल्लो चरणमा प्रवेश गरेको छ। फ्ल्याण्डल्याण्ड फुटसलको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा जारी लिगमा लगातार दोस्रो जित दर्ता गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। 

समुह डी मा रहेको सिद्धार्थले आफ्नो समुह चरणको तेस्रो खेलमा कुमारी वैंकलाई ७—३ ले हराएको हो। सिद्धार्थको जितमा आशिष थापाले ह्याट्रिक सहित ४ गोल गरे। त्यसैगरी यज्ञ गड्सिलाले २ र धर्म ओझाले १ गोल थपे। कुमारी वैंकका लागि पुष्कर विष्ट २ र किशोर भट्टले १ गोल गरे। 

सिद्धार्थले यसअघि जनता वैंकलाई ४—२ ले हराएको थियो। पहिलो खेलमा सिद्धार्थ सनराईज वैंकसाँ २—० ले पराजित भएको थिया। सनराईज वैंकले खेलेका दुई खेलमा जित हात पारेको छ। अव यो समुहमा कुमारी वैंकले दुई खेल खेल्न वाँकी रहेको छ भने सनराईज र जनता वैंकले एक एक खेल खेल्न वाँकी छ। जनता वैंक खेलेका दुबै खेलमा पराजित भएको छ। 

धनगढी फुटसल लिग अन्तर्गत नै भएको खेलमा सेन्चुरी वैंक विजयी भएको छ। समुह एमा रहेको सेन्चुरीले पहिलो खेलमा नविल बैंकलाई ५—१ ले पराजित गरेको हो। सेन्चुरीको जितमा क्षितिज सिंहले ह्याट्रिक गरे भने तपराज जोशीले २ गोल गरे। नविलका लागि विवेक विष्टले १ गोल फर्काए। 

भदौ ६ गतेदेखि सुरु भएको धनगढी फुटसल लिग सार्वजनिक विदा दिन र सहभागी टीमहरुको समन्वयमा भईरहेको लिग अन्तर्गत हालसम्म ११ खेल सम्पन्न भएका छन्। लिग चरणका १३ खेल हुन बाँकी रहेका छन्। लिग चरणपछि क्वाटरफाईनल सेमिफाईनल र फाईनलका खेलहरु हुनेछन्। 

लिग चरण अन्तर्गत भएका खेलमा हालसम्म कैशाल विकास वैंकका रमेश वोहोरा ९ गोल सहित सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेका छन्। दुई खेल खेलका उनले पहिलो खेलमा ४ र दोस्रो खेलमा ५ गोल गरेका छन्। त्यसैगरी सिद्धार्थ वैंका आशिष थापा ८ गोल सहित दोस्रो स्थानमा रहेका छन्। तीन खेल खेलका उनले पहिलो खेलमा कुनै गोल नगरे पनि त्यसका दुई खेलमा चार चार गोल गरेका छन्।

त्यसैगरी कैलाश विकास वैंकका निशान थापा (माम्बा) ले ५ गोल गरेका छन्। नवजीवनका निर्मल बम र बैंक अफ काठमाण्डौंका दिपेन्द्र ऐरले ४ गोल गर्दा नवजीवनका जीत थापा कैलाश विकास वैंकका महेश चन्द, सनराईज वैकका लक्ष्मी जोशी, एनआईसि एसियाका सन्देश खड्का र महेश शाही र सेन्चुरीका क्षितिज सिंहले तीन तीन गोल गरेका छन्। 

लिग चरणका खेलहरु अब शनिवार र आईतबार हुने आयोजकले जनाएको छ। शनिवार लिग चरणका ८ खेल र आईतबार ५ खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ५० हजार सहित ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद २५ हजार नगद सहित ट्रफी र मेडल पाउनेछ। 

कमेन्ट लोड गर्नुस