सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू–कश्मीरका ५० हजार युवालाई रोजगारी दिने घोषणा

। फोटो स्रोत ।
२०७६ भदौ १२, ०५:४४ खबर संवाददाता

भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मू–कश्मीर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ। राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन्।

उनले आगामी दुईदेखि तीन महिनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे। उनले भने, ‘जम्मू–कश्मीर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ’। 

उनले सबै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए। पत्रकार सम्मेलनमा मलिकले भने,‘आउँदो दुईदेखि तीन महिनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ’।

कमेन्ट लोड गर्नुस