सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी १ लाख २० हजार घुससहित पक्राउ

२०७६ भदौ १२, ०५:०० खबर संवाददाता

रुपन्देहीमा मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्। मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार रुपैँया घुस लिँदालिँदै पक्राउ परेका हुन्।

जग्गा नामसारी र लालपुर्जा दिने काम सजिलो बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिइरहेको बेला खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस