सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिजमा छोरी लिन गएकी आमाको खोलाले बगाउँदा मृत्यु

२०७६ भदौ १२, ०४:४९

रामेछापमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। बुधबार सांझ तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी ५६ वर्षीया राधिकादेवी कार्कीको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकि थिइन्।  लगातार वर्षाका कारण उनको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले बगाएको जनाइएको छ।

छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। खोजीकार्य गर्दा बिहीबार बिहान राधिकाको शव झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले बताए।
 

कमेन्ट लोड गर्नुस