सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ बर्षदेखि सेती अस्पतालमा कार्यरत डाक्टर विएस बोहरा रिटायर्ड

सौका जातीका पहिलो डाक्टरले लिए सरकारी सेवाबाट विश्राम

२०७६ भदौ १२, ०३:४५ खबर संवाददाता

पछिल्ला १५ बर्षदेखि सेती अस्पतालमा कार्यरत बरिष्ट कन्सल्टेन्ट सर्जन डाक्टर बिसनसिंह (विएस) बोहराले अनिवार्य अवकास पाएका छन्। भदौ १० गते अनिवार्य अवकास पाएसंगै डाक्टर बोहराले ३० बर्षे सरकारी जागिरबाट विश्राम लिएका हुन्। २०४६ सालमा लोकसेवाको परीक्षा उत्तिर्ण गरेका बोहराले २०४७ सालदेखि सरकारी सेवा सुरु गरेका थिए। 

सो समयमा उनको पहिलो पोष्टिङ कञ्चनपुरको महाकाली अञ्चल अस्पताल भएको थियो र उनले सो अस्पतालमा पाँच वर्ष काम गरेका थिए। त्यसपछि बीर अस्पताल काठमाडौं, झापाको मेची अञ्चल अस्पताल र बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पनि उनले सेवा गरे।

२०६१ सालमा डाक्टर बोहराको बिराटनगरबाट सेती अञ्चल अस्पताल धनगढीमा सरुवा भएको थियो। डेढ दशक सम्म सेतीमा कार्यरत डाक्टर बोहराको टिमले जटिल शल्यक्रिया बाहेक थुप्रै शल्यक्रिया सेवा दिदै आएको थियो। 

सौका जातीको थातथलोको रुपमा परिचित दार्चुला जिल्लाको ब्यास गाउँपालिका स्थित छाङरु गाउँमा जन्मिएका बोहरा व्यासी सौका जातीको पहिलो डाक्टर पनि हुन्। 
 

कमेन्ट लोड गर्नुस