सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी पार्टीकी सांसद गिरीले गरिन नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार

। फोटो स्रोत ।
२०७६ भदौ १२, ०२:५३ खबर संवाददाता

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल भुटान संसदीय मैत्री समूहको संयोजक पद अस्वीकार गरेकी छन्। बिहीबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले भनिन, ‘नेपाल मेरो देश हो, मेरो घर हो। तर विश्व राजनीतिको रंगमञ्चमा नेपालको प्रतिनिधित्व गर्न कुनै न कुनै छेकबार छ।’

गुमाएको अधिकार प्राप्त नहुँदासम्म पार्टी र जनताले दिएको बाहेक कुनै पनि पद नलिने उनले बताइन्। वैवाहिक अंगीकृत नागरिक भएकै कारण आफूलाई संविधानले नै विभाग गरेको भन्दै उनले यो पद अस्वीकृत गरेकी हुन्। यो पदमा मनोनित गर्नु आफूलाई विशेष सम्मान भए पनि संविधानले नै विभेद गरेकाले आफू अनुपयुक्त भएको उनको तर्क छ।

पञ्चालय कालमा आफूले वैवाहिक अंगीकृत नागरिकता बनाउँदा राजनीतिक अधिकार बराबरी भएको र ०४६ र ०६३ को संविधानले पनि त्यसलाई कायम राखेको स्मरण गरिन्। तर ०७२ को संविधानले त्यो अधिकार कटौती गरेको र तिमी फरक नागरिक छौं भनेको उनले बताइन्।
 

कमेन्ट लोड गर्नुस