सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुन सकिने समय सम्म पनि सुदूरपश्चिममा पर्याप्त बर्षा भएन

२०७६ भदौ १२, ११:१८ खबर संवाददाता

मनसुन भित्रिएको दुई महिना सम्म पनि सुदूरपश्चिमका अधिकासं क्षेत्रमा पर्याप्त बर्षा नहुँदा गर्मी घट्न सकेको छैन्। पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर सहित मध्यपहाडी क्षेत्रमा पर्याप्त बर्षा नहुँदा गर्मी घट्न नसकेको हो। भदौको दोश्रो साता लागिसक्दा समेत धनगढीमा त बैशाख, जेठको जत्तिकै गर्मी भईरहेको छ। 

असारको दोश्रो साता नै सुदूरपश्चिम प्रदेशमा मनसुन भित्रिएपनि अहिले सम्म पर्याप्त बर्षा नभएको हो। ‘मनसुन भित्रिएको दुई महिना पुगेपनि पूर्ण रुपमा सक्रिय नहुँदा यस बर्ष अहिले सम्म सुदूरपश्चिमका अधिकासं क्षेत्रमा पर्याप्त बर्षा भएको हुन नसकेको हो,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘सुदूर तराईका दुई जिल्ला सहित केही पहाडी जिल्लामा पनि गर्मी घटाउनका लागि बदली आवश्यक छ।’

सामान्यत मनसुन टिकिराख्ने समय अझै २० दिन सम्म बाँकी रहेको उनले बताईन्। मौसमविद् नगरकोटीले भनिन्, ‘सप्टेम्वर २३ तारिख सम्म मनसुन सक्रिय हुने समय हो, झण्डै एक साता ढिलो गरि मनसुन नेपाल भित्रिएकोले मनसुन सकिने समय पनि पछाडी सर्ने सम्भावना रहेको छ।’

‘मनसुनको न्यूनचापीय रेखा अर्थात पानी पार्ने प्रणाली तराईको भूभागमै विकास भएको छ,’ उनले भनिन्, ‘न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ, तर पश्चिम तराईमा भने अहिले पनि पानी पार्ने प्रणाली पूर्ण रुपमा विकास नहुँदा पर्याप्त बर्षा हुन नसकेको हो।’ भदौको दोश्रो साता सम्म पर्याप्त बर्षा नभएपछि अव एकै पटक धेरै वर्षा हुने सम्भावना पनिा रहेको उनले बताईन्। 

यस बर्ष पर्याप्त बर्षा नभएपछि कृषि उपजको उत्पादन ह्वात्तै घट्ने देखिएको छ। बर्षा नहुँदा अहिले सबैभन्दा बढि धान, मकै र उखु खेतीमा समस्या भएको प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले बताए।

‘आकासे पानी कै लागि पहाडमा बनाईएका प्लाष्टिक पोखरी पनि अहिले सुकेका छन्,’ उनले भने, ‘बर्षा नभएपछि अव खाद्यान्नको आयात पनि ह्वात्तै बढ्ने सम्भावना बढेको छ।’ बर्षा नभएपछि कैलाली र कञ्चनपुरका धान खेतमा चिरा पर्न थालेको छ। जिल्लाका किसानहरुले आकासे पानीको भरमा रोपाई गरेका थिए तर रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा सुक्न थालेको छ।
 

कमेन्ट लोड गर्नुस