सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन नसकिने

२०७६ भदौ १२, ०९:५९ खबर संवाददाता

वायुसेवा सञ्चालक संघले ७० वर्षमाथिका नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन नसकिने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार एकवर्षे कार्ययोजना सार्वजनिक गर्दै आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिइने घोषणा गरेका थिए। यसबारे धारणासहित संघले मंगलबार मन्त्रालयमा जवाफीपत्र पठाएको अध्यक्ष पवित्र कार्कीले बताए।

‘पर्यटनमन्त्रीले आफुहरुसंग सल्लाह नै नगरी यो कार्यक्रम ल्याएकाले सो बारे आफुले गरेको सदस्यहरूसँगको बैठकपछि ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन नसकिने भनेर लिखित विवरण पठाएको उनले बताए।

संघले मंगलबारै पत्र मन्त्रालयमा दर्ता गराएको छ। भट्टराईले निजी वायुसेवा सञ्चालकहरूसँग समन्वय गर्दै तीन महिनाभित्र अध्ययन गरी यो लागू गर्ने घोषणा गरेका थिए। संघका १५ सदस्य वायुसेवा कम्पनीले पछिल्लो आर्थिक अवस्थासहित वायुसेवा कम्पनीको विस्तृत विवरण मन्त्रीलाई पठाएका हुन्।
 

कमेन्ट लोड गर्नुस