सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १५ गते सुदूरपश्चिममा सार्वजनिक बिदा

२०७६ भदौ ११, ०५:१४ खबर संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। भदौ १५ गते परेको अट्वारी पर्व का लागि प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको हो। साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले अट्वारीमा विदा दिने निर्णय गरिसके पनि आज मात्रै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै विदाको घोषणा गरेको हो। 

पश्चिम नेपालका थारू समुदायले आट्वारी पर्व मनाउने गरेका छन्। शनिबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र भोलिपल्ट बिहान भात पकाएर भात(तरकारी पनि देउतालाई चढाइसकेपछि खाने चलन छ।

रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालई चढाएर दिदीबहिनीका लागि ’अग्रासन’ (दिदी बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने परम्परा रहेको छ।

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खान्छन् र आफ्ना दिदीबहिनीलाई फलफूल र रोटी मात्र खाने र दास्रो दिन बिहान भात(तरकारी पकाई भात तरकारीको अग्रासन दिन जान्छन्।

आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदी बहिनीका बीचमा स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।
 

कमेन्ट लोड गर्नुस