सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समुहद्धारा एक्स्काभेटरमा आगजनी

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ भदौ ११, १२:४४ खबर संवाददाता

एक अज्ञात समुहले भोजपुरमा एक स्काभेटरमा आगजनी गरेको छ। जिल्लाको नगरपालिका–१२ वेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका–५ को मानेभञ्याङ जोड्ने पक्की पुल निर्माण स्थलमा राखिएको एक्स्काभेटरमा नचिनेको मानिसको समूहले आगजनी गरेको छ। 

मंगलबार राति नचिनेको मानिसको समूहले पुल निर्माण स्थलमा राखिएको मार्सेली निर्माण सेवाको एक्स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। त्यस्तै प्रहरीले त्यही ठाउँमा शंकास्पद वस्तु पनि फेला पारेको जनाएको छ। त्यो ठाउँलाई सुरक्षा दिएर राखिएको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ। 

पिखुला खोलामा प्रदेश सरकारको ६ करोड ५३ लाख रुपैयाँको लागतमा झण्डै एक हप्ता अगाडि पुल निर्माणको काम सुुरु भएको थियो। एक्स्काभेटरमा आगजनी गर्ने समूहको खोजी भैरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस