सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीम रावलले भने–बाबुराम भट्टराईले टीकापुरमा जनता भड्काए

२०७६ भदौ ११, १२:२० खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवंम सुदूरपश्चिम इन्चार्ज भीम रावलले संघीय सामाजवादीका अध्यक्ष बाबुराम भट्टराईले टीकापुर आएर जनता भड्काउने काम गरेको आरोप लगाएका छन्। नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। एकआपसमा मिलेर बसेका समुदायलाई भड्काउनको लागि भट्टराईले गैर जिम्मेवारपूर्ण भाषा बोल्नु गलत भएको उनको भनाई छ।

‘देशको प्रधानमन्त्री भईसकेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु राष्ट्रको हित विपरित हो,’ नेता रावलले भने, ‘मिलेर बसेको समुदायलाई भड्काउन कसैले पनि पाउँदैन्।’ कैलालीको टिकापुरमा गत भदौ ७ गते देखि सुरु भएको थारुवान÷थारुहट राष्ट्रिय सम्मेलनमा सहभागि भएका अधिकारका लागि आन्दोलन चर्काउनु पर्छ भन्ने अभिव्यक्ति दिएका थिए। नेता रावलले पत्रकार सम्मेलनमा प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन्।

गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरण कार्यलाई तीव्रता दिइने उनको दावी थियो। केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने दावी गरे। 
 

कमेन्ट लोड गर्नुस