सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेतमा बस दुर्घटना हुंदा तीन जनाको मृत्यु, २७ जना घाइते

। फोटो स्रोत ।
२०७६ भदौ ११, १२:१८ खबर संवाददाता

सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने अन्य दुई जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परि अन्य २७ जना घाइते भएका छन्। 

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका –५ मा दुर्घटना भएको हो। सो दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ की २५ वर्षीय लक्ष्मी बस्नेतको मात्र परिचय खुलेको सुर्खेत प्रहरीले जनाएको छ।

सुरुमा ३० जना भने पनि बसमा ३२ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ। चालक, सह–चालक समान्य घाइते भएको र उनीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। बसका चालक सल्यान बनगाढ कुपिण्डे नगरपालिका–११ का खिमबहादुर विकको स्थानीय मेडिकलमा उपचारपछि नियन्त्रणमा लिइएको डीएसपी रवि रावलले बताए। घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस