सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिबियामा डुङ्गा दुर्घटना हुँदा ४० जनाको मृत्यु

२०७६ भदौ ११, ११:५१ खबर संवाददाता

लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर)ले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको छ भने ४० जनाको ज्यान गएको छ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए। यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन्।

कमेन्ट लोड गर्नुस