सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज गाईजात्रा

२०७६ भदौ १०, ०४:३४ खबर संवाददाता

आज धनगढीमा गाईजात्रा विशेष कार्यक्रम हुँदै छ। मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशको गाईजात्रा धनगढीमा आज हुन लागेको हो। स्थानीय स्तरमा संयोजन गरिरहेको धनगढी जेसिज र जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले गाईजात्राको सम्पूर्ण तयारी पुरा भएको र केही बेरमा ओम प्यालेसमा कार्यक्रम सुरु हुन लागेको जनाएका छन्। 

उक्त कार्यक्रमबाट संकलन भएको रकमबाट धनगढी जेसिजको बहुउद्येशीय सभाहल निर्माण गरिने धनगढी जेसिजले जनाएको छ। यस क्षेत्रमा भईरहेका विकृती, विसंगती, राजनीतिक बेथितीसंगै समसामयिक विषयहरुलाई व्याङगात्मक ढंगले प्रस्तुत गर्ने लक्ष्यका साथ गाईजात्रा विशेष कार्यक्रमको आयोजना गरिन लागिएको हो। 

गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहित शैलेन्द्र सिंखडा, सुरेन्द्री केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी धनगढी पुगेका छन्। ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश १ को बिराटनगरबाट सुरु भएको थियो।
 

कमेन्ट लोड गर्नुस