सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन

। फोटो स्रोत ।
२०७६ भदौ १०, ०१:१६ खबर संवाददाता

वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ। केहि दिन अघि अस्पताल भर्ना भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो। काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित थिए। उनी शास्त्रीय संगितका क्षेत्रमा पनि सक्रिय थिए।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेपछि अन्त्यष्टि गरिने तबला बाधक बाबुराजा महर्जनले बताए। श्रेष्ठको श्रीमती र एक छोरा छन्। 

कमेन्ट लोड गर्नुस