सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

२०७६ भदौ १०, ११:३४ खबर संवाददाता

सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ। सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो। अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ मंगलबार १३ डलरले घटेको छ। सोमबार प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन मंगलबार प्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो।

चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन। चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ।
 

कमेन्ट लोड गर्नुस