सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेसहित तीनै जनाको बहस सकियो, आदेश पनि आजै आउने

२०७६ भदौ ९, ०६:०८ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार थुनछेक बहस सकिएको छ। पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजालासमा दुवै पक्षबाट बहस सकिएको र आदेश पनि आजै आउने अदालतका रजिष्टार रुद्रमणि गिरीले बताए। गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो।

पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए।
 

कमेन्ट लोड गर्नुस