सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश

२०७६ भदौ ९, ०५:१४ खबर संवाददाता

सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ। सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ।

केही दिनअघि पत्रकार हमाल विप्लव माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेसहित पोखरामा पक्राउ परेका थिए। प्रहरीले पत्रकार हमाल पनि विप्लव माओवादीको कार्यकर्ता भएको दावी गरेको छ। पत्रकार हमाललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पत्रकार जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए।
 

कमेन्ट लोड गर्नुस