सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी अधिकारीमाथि आक्रमण गर्ने ३६ प्रदर्शनकारी गिरफ्तार

२०७६ भदौ ९, ०३:५१ खबर संवाददाता

हङकङमा जारी प्रदर्शनले हिंसात्मक रुप लिएको छ। प्रदर्शनकारीहरुले प्रहरी अधिकारीमाथि लट्ठी र फलामको रडले आक्रमण गरेपछि प्रदर्शनले हिंस्रक रुप लिएको हो। प्रहरीले ३६ जनालाई गिरफ्तार गरेको छ। प्रस्तावित ‘सुपुर्दगी विधेयक’ विरुद्ध सुरु भएको विरोध प्रदर्शनले चिनियाँ समर्थक सरकारलाई निशाना बनाएपछि यसले हिंसाको रुप लिएको हो। 

प्रदर्शनकारीहरु गएको तीन महिनादेखि सरकारको विरोधमा सडकमै छन् र यो क्रममा उनीहरुको प्रदर्शनले हिंसाको रुप लिएको छ। सुएन वान जिल्लाको नजिकै रहेको एक स्टेडियममा आइतबार प्रदर्शनकारीहरुर्ले याली निकालेका थिए। पानी परेको भए पनि ठूलो संख्यामा मानिसहर्रु यालीमा सहभागी भएका थिए। त्यही क्रममा कट्टरपन्थी प्रदर्शनकारीहरुको एक समूहले प्रहरीलाई रोक्नको लागि सडकमा अस्थायी अवरोध सिर्जन गरे। 

र्यालीपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप पनि भयो। प्रहरीले प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर गर्न चेतावनी दिँदै पहिला झण्डा देखायो र त्यसपछि अश्रुग्यास प्रहार गरेको थियो।

कमेन्ट लोड गर्नुस