सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक राखेको प्रति राप्रपा अध्यक्ष थापाको असन्तुष्टि

२०७६ भदौ ९, ०३:४१ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत नै मन्त्रिपरिषद् बैठक राखेको प्रती राप्रपा अध्यक्ष कमल थापाले असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भएका मन्त्री र सिंगापुरको एक होटलमा बसेका प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्समार्फत सम्वाद भएको हो। प्रधानमन्त्री अहिले स्वास्थ्य उपाचारका लागि सिंगापुरमा छन्।

मन्त्रिपरिषद् बैठकमा पहिलो पटक यस्तो प्रविधिको प्रयोग भएको हो। बैठक प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गरे। 

अध्यक्ष थापाले देशमा आपतकाल र वितिहाल्ने कुनै काम नरहेको बेला पनि यस्तो तामझाम देखाउनुको कुनै औचित्य नरहेको बताए।  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटमा जवाफ दिँदै  प्रधानमन्त्रीलाई तपाईले त सही सुझाव दिनपर्ने हो नि भन्दै तामझाम देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ मा प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था भएकोमा त्यसमा संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था राखिएको थियो।  
 

कमेन्ट लोड गर्नुस