सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन दूरसञ्चार प्राधिकरणको आग्रह

२०७६ भदौ ९, ०३:२८ खबर संवाददाता

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन प्रयोगकर्तासँग अनुरोध गरेको छ। सरकारले विद्युतीय प्रणालीमार्फत नागरिकलाई सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले नागरिक एप्स बनाइरहेको छ। नागरिक एप्समा मोबाइल नम्बर पनि लिंक गरेर सबै सूचना र जानकारी राखिने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो। 

यदि कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरेको भए आफ्नो नाममा रजिष्ट्रेसन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। उपभोक्ताले प्रयोग गर्ने मोवाइल नम्बरलाई नागरिकको पहिचानको माध्यम बनाउँदा सरल र सहज हुने भएकाले आफ्नो नाममा रहेको सिमकार्ड मात्रै चलाउन र अरुको नाममा रहेको भए आफ्नो नाममा बनाउन अनुरोध गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

कमेन्ट लोड गर्नुस