सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेको बयान लिन सुरु

२०७६ भदौ ९, १२:५० खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछानेको बयान लिन सुरु भएको छ। युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएपछि उनको बयान लिन सुरु भएको हो।  जिल्ला अदालत चितवनमा उनीहरुको बयान लिएको हो। रविलाई बयानका लागि इजलास लगिएको छ। तीनजना प्रतिवादी मध्ये अस्मिता कार्कीको हिजो नै बयान लिइएको थियो।

बिहान १० बजेपछि कँडेलको बयान लिन थालिएमा उनको सकिएपछि रविको सुरु भएको छ। सबैको बयान सकिएपछि चितवन अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन्। थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। 

उनीहरुका विरुद्ध आइतबार मात्र जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गरिएको थियो। रवि निदोर्श रहेका भन्दै उनका सर्मथकहरुले चितव लगाएत देश–विदेशमा प्रदर्शन गरिरहेका छन्। चितवनमा प्रदर्शन बढ्दै गएपछि स्थानीय प्रशासनले अर्काे आदेश नआए सम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ। बजार सुनसान छ। बजारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 
 

कमेन्ट लोड गर्नुस