सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई बयानका लागि अदालत लगियो

२०७६ भदौ ९, ११:२९ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ। तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ।लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन्। थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तिनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो। रवि लामिछाने निर्दाेस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन्। प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन्। प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ।
 

कमेन्ट लोड गर्नुस