सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्युकासल युनाइटेडसँग टोटनह्याम पराजित

२०७६ भदौ ९, ०८:०२ खबर संवाददाता

इंग्लिस प्रिमियर लिगको उपाधि दावेदार टिम टोटनह्यामले आइतबार यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको न्युकासल युनाइटेडसँग अप्रत्यासित पराजय ब्यहोरेको छ। घरेलु मैदान टोटनह्याम हट्सपर रंगशालामा आइतबार राति भएको खेलमा न्युकासलले टोटनह्यामलाई एक शून्य गोलले पराजित गरी लिगमा पहिलो जित हासिल गरेको हो।

न्युकासलले लिगमा यसअघिका दुवै खेल हारेको थियो। टोटनह्यामले एक जित र एक बराबरी खेलेको थियो। खेलको २७ औं मिनेटमा जोयलिन्टोनले गरेको गोल नै न्युकासलको जितमा निर्णायक बन्यो। उनले क्रिष्टियन अस्टुको पासमा गोल गरेका थिए। दोस्रो हाफमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि टोटनह्याम गोल गर्न असफल रह्यो। खेलको अन्त्यतिर टोटनह्यामका ह्यारी केन, सन ह्युङ मिन, ड्यानियल एरिक्सन लगायतले पाएका अवसर सदुपयोग गर्न सकेनन्।

कमेन्ट लोड गर्नुस