सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको आक्रमणबाट दुई जनाको मृत्यु

२०७६ भदौ ८, ०४:५५ खबर संवाददाता

बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेको छ। बिहीबार गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार बिहान ठाकुरबाबा नगरपालिकास्थित भुरीगाउँमा बाघले आक्रमण गर्दा अर्को एक जनाको मृत्यु भएको छ। 

पाटेबाघको आक्रमणमा परी ७० वर्षीय पहरीया थारुको मृत्यु भएको हो। बंगुरपालन गर्दै आएका थारुले बंगुरलाई दाना खुवाउन जाने क्रममा बाघले आक्रमण गर्दा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। 

बिहीबार पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका वार्ड नम्बर ४ दंगपुरकी ५६ वर्षीया रामकली शाही मृत्यु भएको थियो। शाहीलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरी ज्यान लिएको हो। पछिल्लो समय बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन्।

निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ। वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ।
 

कमेन्ट लोड गर्नुस