सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुडासैनी प्रकरणः अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा

२०७६ भदौ ८, ०१:०४ खबर संवाददाता

पत्रकार रवि लामिछाने सहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ। प्रहरीले लामिछानेसहित तीनै जनामाथि अनुसन्धान गरेर आइतबार सरकारी वकिल समक्ष फाइल पेस गरेको हो। 

तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको हो या होइन भन्ने पक्षमा केन्द्रित भएर अनुसन्धानको फाइल तयार गरेको प्रहरीले जनाएको छ। साउन २० गते राति नारायणगढको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो।

शालिकरामले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए। जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ। प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ।

कमेन्ट लोड गर्नुस