सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर मोहन बैद्यले भने–मंसिरमा हुने उप–निर्वाचन बहिस्कार गछौं

२०७६ भदौ ८, १२:०७ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले आगामी मंसिर १४ गते हुने भनिएको उप–निर्वाचना बहिस्कार गर्ने चेतावानी दिएका छन्। थारु समुदायको एकता र सामाजिक सद्धभावका लागि थरुहट÷थारुवान राष्ट्रिय सम्मेलनमा सहभागि हुन कैलाली पुगेका महासचिव बैद्यले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उप–निर्वाचना बहिस्कार गर्ने चेतावानी दिएका हुन्।

उनले अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी सच्चा कम्युनिष्ट नभएर समेत आरोप लगाए। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै उनले विप्लवको राजनीति पनि गलत भएको बताए। उनले विप्लव निकट नेकपासंग पार्टी एकताको विषयमा छलफल भएको भएपनि तत्काल सम्भव नरहेको बताए। उनले कैलाली, कञ्चनपुर सहित बाके, बर्दीया र दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनु पर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस