सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाघको आक्रमणबाट एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ ८, ११:२८ खबर संवाददाता

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृतयु भएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय पहरिया थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्र निकुञ्जले जनाएको छ। 

आइतबार बिहान ७ बजेको समयमा करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै २५ मिटर घिसारेर लगेको छ। बाघले मृतकको घाँटीमा हानेको चोट देखिन्छ। उनको घटना स्थलमै मृत्यु भउको प्रहरीले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघले आक्रमण गरेको जनाइएको छ। मृतकको घर र निकुञ्ज सीमाना जोडिएको छ।

कमेन्ट लोड गर्नुस