सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा

२०७६ भदौ ८, ०६:५१ खबर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताएका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताए। 

देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको बताउँदै पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने बताए। समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको समेत स्पष्ट पारे। सरकारले विकास गरेन भनेर भन्ने दुस्प्चार भैरहेका बताउँदै सरकारले गरेका कामलाइ राम्रोसँग नियाल्न पनि आग्रह गरे। रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने बताउँदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताए।

आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुबाट हुन नसकेको गुनासो गर्दै मन पत्रकार आचारसंहिताभित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस