सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी फुटसल लिग : कैलाश र सनराईज वैंक दोस्रो चरणमा

२०७६ भदौ ७, ०७:१६ खबर संवाददाता

सुदुरपश्चिम प्रदेशको सर्वाधिक धनराशीको नेपाल आईस धनगढी फुटसल लिग अन्तर्गत सनाईज वैंक र कैलाश विकास वैंक दोस्रो चरणमा प्रवेश गरेका छन्। लगातार दोस्रो जित दर्ता गर्दै सनराईज र कैलाश विकास वैंक दोस्रो चरणमा पुगेका हुन्।

फ्ल्याटल्याण्ड फुटसलको  आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा भएको लिगको शनिवार भएको पहिलो खेलमा सनराईजले जनता वैंकलाई हराएको हो। सनराईजले जनता वैंकमाथि ४—२ को दर्ता गरेको होे। सनराईजका लागि अभिनाश चन्दले २, लक्ष्मी जोशीले एक गोल गर्दा एक गोल आत्मघाती भयो। जनताका लागि मंग्रु चौधीले एक गोल फर्काए।

सनाईजले उद््घाटन खेलमा सिद्धार्थ वैंकलाई २—० ले हराएको थियो । सिद्धार्थ वैंकले पनि अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ। पहिलो खेलमा सनराईजसँग पराजित भएपनि दोस्रो खेलमा जित हात पारेपछि सिद्धार्थको अर्को चरण प्रवेशको सम्भावना बलियो रहेको छ। सिद्धार्थले जनता वैंकलाई ४—२ ले हराएको हो।

सिद्धार्थका लागि आशिष थापाले ह्याटिक सहित एक्लै ४ गोल गरे। जनताका लागि दिपक पाण्डेय र दिपेन्द्र चौधरीले एक एक गोल फर्काए। लिग अन्तर्गतकै खेलमा एनआईसी एसिया पनि विजयी भएको छ। एनसआईसी एसियाले एनएमवी वैंकमाथि  १०—२ को फराकिलो जित दर्ता गरेको हो। एनआईसीको जितमा सन्देश खड्का र महेश शाहीले ह्याटिक गरे।

विरेन्द्र जोशी र यज्ञराज कुँवरले दुई दुई गोल थपे। एनएमवीका लागि अमन जोशी र महेश चन्दले एक एक गोल फर्काए। एनएमवीले भने लगातार दोस्रो खेलमा हार व्यहोेरेको छ। उस्को अर्को चरण प्रवेशको सम्भावना झिनो रहेको छ। कैलाश विकास वैंकसँग एनएमवी वैंक ९—२ ले पराजित भएको थियो।  

वैंक अफ काठमाण्डौंले पनि दोस्रो खेलेको खेलमा जित हात पारेको छ।  पहिलो खेलमा पराजित वैंक अफ काठमाडौंले नेपाल वंगलादेश वैंकमाथि ६—२ को जित दर्ता गरेको हो। वैंक अफ काठमाडौंका लागि दिपेन्द्र ऐरले ह्याटिक गरे।

सन्देश जोशीले २, श्याम मल्लले एक गोल थपे। नेपाल वंगलादेश वैंकका लागि सुरेन्द्र वम र पोप जंग भण्डारीले एक÷एक गोल फर्काए। पहिलो खेलमा नवजीवन को—अपरेटिभसँग वैंक अफ काठमाण्डौ ७—३ ले पराजित भएको थियो। 

शनिवार नै भएको खेलमा लगातार दोस्रो जित दर्ता गदै कैलाश विकास बैंक पनि अर्को चरणमा पुगेको छ। कैलाशले  बलियो  मानिएको एनआईसी एसियामाथि ९—० को फराकिलो अन्तरले हराएको हो। कैलाश विकास वैंकका लागि रमेश वोहोराले ह्याटिक सहित ५ गोल गरे। निशान थापाले पनि ह्याटिक सहित  ४ गोल गरे। 

झण्डै ८० हजार नगद धनराशी पुरस्कारर रहेको लिग सार्वजनिक विदाका दिन हुनेछ।  प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार सहित टफी मेडल पाउनेछ । उपविजेताले नगद २५ हजार सहित टफी मेडल पाउनेछ। 
 

कमेन्ट लोड गर्नुस