सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

। फोटो स्रोत ।
२०७६ भदौ ७, ०१:१७ खबर संवाददाता

भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ। शनिबार दिउँसो दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए। उनी श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए।

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन्। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए। तर उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए। अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए।

पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ। अघिल्लो महिनामात्रै पूर्व्विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो।
 

कमेन्ट लोड गर्नुस