सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि धनगढीमा गौरा महोत्सव हुने

फार्यल फोटो
फार्यल फोटो
२०७६ भदौ ७, ०६:४२ खबर संवाददाता

धनगढीमा यो बर्षको गौरा महोत्सव आजदेखि सुरु हुने भएको छ। सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार प्रशार गर्ने उद्देश्यका साथ गौरा महोत्सवको चौथो संस्करण आजदेखि आयोजना हुन लागेको हो। विगतमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले महोत्सव आयोजना गर्दै आएकोमा यो बर्ष हाम्रो संस्कृती हाम्रो पहिचान धनगढीको आयोेजनामा गौरा महोत्सव हुन लागेको हो। 

भदौ ७, ८ र ९ गते तीन दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न कार्यक्रमहरु गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिए। प्रादेशिक डेउडा प्रतियोगिता, नौँ वटै जिल्लाका सास्कृतीक झाँकी प्रदर्शनी, लोक संस्कृती सम्वन्धी कार्यपत्र प्रस्तुत, लोक बाजाहरुको प्रदर्शनी, लोक नृत्य तथा गायन, बाल प्रतिभा प्रबद्र्धन र लोक संस्कृतीका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका अग्रज सात जना श्रष्टाहरुलाई सम्मानको समेत कार्यक्रम महोत्सव अवधीभर सञ्चालन हुने उनले बताए।

यस बर्ष डेउडा प्रतियोगितामा नौँ वटै जिल्लाका टिमहरुको प्रतिनिधित्व गराउँदै प्रादेशिक बनाउने लक्ष्य आयोजकले राखेको छ। यसअघि पनि धनगढीमा तीन पटक गौरा महोत्सव सम्पन्न भईसकेको छ।गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। हिजो अष्टमीको दिन गौराको मुख्य दिन भएपनि अझै एक साता सम्म गौरा पर्व मनाउने चलन रहेको छ। 

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। 
 

कमेन्ट लोड गर्नुस